शनिबार, चैत ७, २०८२

सीटीईभिटीलाई गाउँगाउँमा लैजानुपर्छ: शिक्षामन्त्री पौडेल

सीटीईभिटीमा कार्यरत कर्मचारीसँगको छलफलमा मन्त्री पौडेलले प्राविधिक शिक्षातर्फ नागरिकको पहुँच विस्तार गर्न सिटीईभिटीलाई गाउँगाउँमा लैजानुपर्ने बताए।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सिटिइभिटीलाई विकट ठाउँमा लैजानुपर्ने बताएका छन्। मंगलबार सीटीईभिटीमा कार्यरत कर्मचारीसँगको छलफलमा मन्त्री पौडेलले प्राविधिक शिक्षातर्फ नागरिकको पहुँच विस्तार गर्न सिटीईभिटीलाई गाउँगाउँमा लैजानुपर्ने बताए। 

National life

उनले भने, ‘सीटीईभिटी भनेको शिक्षा मन्त्रालय मातहतको हो। जहाँ गरिबी छ त्यहाँ लगेर रोजगारमुखि दक्ष जनशक्ती उत्पादन गर्न आवश्यक छ।’ उनले यस कार्यमा मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। 

आंशिक रुपमा उत्पादनसँग जोडिएकाले प्राविधिक शिक्षालाई जनतासँग जोड्नपर्ने उनको भनाई थियो। देशरभर ६१ आंगिक प्राविधिक शिक्षालय भएको बताउँदै आवश्यकताका आधारमा सम्बन्धन दिन समस्या नहुने विषयलाई मन्त्री पौडेलले प्रस्टाएका छन्।

उनले भने, ‘जनतासँग जोडिएको विषय भएकाले यसलाई उत्पादनसँग जोड्दै जनपक्षीय बनाउनुपनुपर्छ।’ सिटिइभिटिका कर्मचतारीले कर्मचारी दरबन्दीको समस्या, अदालतमा परेको मुद्दाका विषयमा शिक्षा मन्त्रीलाई ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: Oct 19, 2021| 18:30 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्