मंगलबार, असार ३०, २०८३

सरकारी अवरोधकाबीच अनसन बस्दै डा‍‌. केसी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जुम्ला- सरकारी अवरोधका वाबुुजुद डा.गोविन्द केसीले अनसन सुरु गर्ने तयारी गरेका छन् । सरकारले उनी अनसन बस्ने क्षेत्रलाई लक्षित गरि निषेधित क्षेत्र घोषणा गरेपनि उनी अनसनबाट पछि नहट्ने निर्णयमा पुगेका हुन् ।  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिबारदेखि अनशन बस्ने तयारी गरिरहेका डा. केसीको अनसनलाई लक्षित गरि जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधित क्षेत्र घोषणा गरेको छ ।

गृह मन्त्रालयको निर्देशन अनुसरा जुम्ला सदरमुकाका तीन क्षेत्रमा कुनैपनि किसिमको अनशन आन्दोनल तथा नारा जुलुस जस्ता विरोधका कार्यक्रम गर्न नपाउने गरी सूचना जारी गरेको हो ।

डा केसी जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा अनसन बस्ने तयारीमा छन् । उनी अनसनका लागि जुम्ला पुगिसकेका छन् ।

चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन खोजिएको भन्दै डा. केसी अनशन बस्न थालेका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको वर्षौपछि पनि एमबीबीएस विद्यार्थी भर्ना सुरु हुन नसकेको र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी गेटा मेडिकल कलेजको प्रगति सुस्त भएको विषयमा पनि उनले आवाज उठाएका छन् । 
...................
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।