काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन्। ९ हजार ९१६ जनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा १ हजार ४ जना संक्रमणमुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ। आजको दिनमा ११ हजार ८१५ जना सक्रिय संक्रमित छन्।
त्यसैगरी पछिल्लो २४ घण्टामा १ लाख ६३ हजार २६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्।