शनिबार, चैत ७, २०८२

३३ प्रतिशतभन्दा बढीले लगाए कोभिडको पूर्ण खोप

देशभर ३३.५ प्रतिशतले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। यो तथ्यांक असोज मसान्तसम्मको हो।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

काठमाडौं– देशभर ३३.५ प्रतिशतले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। यो तथ्यांक असोज मसान्तसम्मको हो।

National life

स्वास्थ्य मन्त्रालयका अनुसार असोज मसान्तसम्म लक्षित जनसंख्याको कम्तीमा पनि एक तिहाइलाई कोभिड खोप लगाउने लक्ष्य थियो। लक्ष्यभन्दा बढीलाई खोप लगाइएको मन्त्रालयको भनाइ छ।

स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले असोज मसान्तभित्र लक्ष्यभन्दा बढीलाई नै खोप लगाइएको बताए। लक्षित वर्गमध्ये ४२.२ प्रतिशतलाई पहिलो मात्रा र ३३.५ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइएको छ। सरकारले १८ वर्षभन्दा माथिका दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने लक्ष्य राखेको छ। 

त्यस्तै, पुस मसान्तभित्र दुईतिहाइ र चैत मसान्तभित्रमा लक्षित सबै नेपालीलाई खोप लगाउने सरकारको योजना छ। हालसम्म नेपालमा एक करोड ८ लाख ५ हजार ७१० मात्रा खोप नेपाल आइसकेको छ। खोप महाशाखाका अनुसार बालबालिकालाई लगाउने फाइजर एक लाख ६२० मात्रा खोप यही अक्टोबरको अन्तिममा ल्याउने तयारी गरिएको छ।


प्रकाशित: Oct 19, 2021| 16:53 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्