मंगलबार, असार ३०, २०८३

पर्यटकीय बसपार्क अब सोह्रखुट्टेमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- तीन दशकदेखि कान्तिपथबाट पर्यटकलाई ओहोरदोहोर गराएको कान्तिपथ पर्यटकीय बसपार्क शनिबारदेखि सोह्रखुट्टेमा सारिएको छ । 

काठमाडौँ महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाको सक्रियतामा बसपार्क सारिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले कान्तिपथको बाटामा पार्किङ गर्दा समस्या हुने भएकाले बसपार्क सारिएको बताए । “दैनिक हजारौँ सवारी साधन ओहोरदोहोर गर्ने ठाउँमा पार्किङ गर्दा ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको थियो”, उनले भने । 

हाल कान्तिपथबाट पोखरा र चितवनको सौराहाका लागि झण्डै १०० बस आवतजावत गर्दै आएका छन् भने दैनिक करीब तीन हजार यात्रु ओहोरदोहोर गर्छन् । टुरिष्ट बस एशोसिएसन अफ नेपालका उपाध्यक्ष ढकनाथ काफ्ले कान्तिपथबाट पर्यटकीय बसपार्क सार्दा पर्यटकलाई समस्या हुने बताए । “सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ, यसरी बसपार्क सार्दा उक्त लक्ष्य पूरा हुन गाह्रो हुने देखिन्छ”, उनले भने ।  

सरकारले पर्यटकीय बसका लागि छुट्टै बसपार्क निर्माण नगर्दासम्म कान्तिपथबाटै सवारी सञ्चालन गर्न पाउनुपर्ने उहाँको भनाइ छ । लामो समयदेखि व्यवसायीले बसपार्कका लागि पहल गरे पनि आवश्यक जग्गा नहुँदा अहिले अस्थायी रुपमा सोह्रखुट्टेको सडकमा उक्त बसपार्क सारिएको हो । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।