मंगलबार, असार ३०, २०८३

बाँकेमा हाईभोल्टेजले २ जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
नेपालगन्ज : विद्युतको हाई भोल्टेजका कारण बाँकेमा २ जनाको मृत्यु भएको छ । हाई भोल्टेजकै कारण आधा दर्जन पशु चौपायाको पनि मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक टेक प्रसाद तामांगका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिका वडा न. ६ महेमानपुरमा शनिबार बिहान ३ बजेतिर एक्कासी हाई भोल्टेज आउँदा उनीहरुको मृत्यु भएको हो । 

मृत्यु हुनेमा राप्ती सोनारी गाउँपालिका वडा न. ६ महेमानपुरका २४ बर्षिय सुरेश चौधरी र ४२ बर्षिय टिकाराम चौधरी रहेका छन् । सुतिरहेको अवस्थामा हाई भोल्टेज आएर करेण्ट लागेपछि दुवै जनाको मृत्यु भएको हो ।

हाई भोल्टेजकै करेण्टबाट सोही ठाउँकी ३५ बर्षिया तिला शाही घाईते भएकी छन् । उनको हात खुट्टा सबै जलेको अवस्थामा नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको उपरिक्षक तामांगले जानकारी दिए ।

हाईभोल्टेजकै करेण्टबाट महेमानपुरमै १ राँगा, ३ गाई र ४ वटा बंगुर पनि मरेका छन् । महेमानपुर गाउँमा अधिकांश घरमा विद्युतिय उपकरणहरु जलेको उपरिक्षक तामांगले बताए ।

कसरी हाई भोल्टेज गयो भन्ने बारेमा केही खुल्न नसकेको बताउँदै उपरिक्षक तामांगले प्रहरी र विद्युतका कर्मचारी घटना स्थल पुगेको जानकारी दिए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।