काठमाडौं– त्रिभुवन विश्वविद्यालयले ४७ औं दीक्षान्त समारोहमा भाग लिन कात्तिक ५ गतेसम्म आवेदन दिन सकिने जनाएको छ। दसैं बिदाको म्याद थप्न गर्दै त्रिवि परीक्षा सञ्चालक समितिको बैठकले कात्तिक ५ गतेसम्मका लागि आवेदन दिने म्याद थप गरेको हो।
२०७७ असार १ गते (१५ जुन २०२०) देखि २०७८ जेठ ३१ गते (१४ जुन २०२१) सम्म सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल र विद्यावारिधि (पीएचडी) तह उत्तीर्ण गरी परीक्षा नियन्त्रण कार्यालयबाट ट्रान्सक्रिप्ट लिएका विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन पाउनेछन्।
स्नातक तहका लागि दीक्षान्त तथा प्रमाणपत्र तहमा २ हजार २ सय र धरौटी एक हजार पाँच सय गरी कुल ३ हजार सात सय, स्नातकोत्तर तथा एमफिल तहका लागि धरौटीसहित चार हजार दुई सय तथा पीएचडी तहका लागि धरौटीसहित ४ हजार ७ सय रुपैयाँ शुल्क तोकिएको छ। सबै तहलाई धरौटीबापत एक हजार पाँच सय लिने र धरौटी रकमबाट तीन सय रुपैयाँ गाउन स्कार्फ आदिको मर्मत शुल्क भनी कट्टा गरिने पनिकाले जनाएको छ।
विद्यार्थीले दीक्षान्त समारोह भएको एक वर्षभित्र प्रमाणपत्र लिइसक्नुपर्ने हुन्छ। यसअघि नै त्रिवि वार्षिकोत्सवका अवसरमा दीक्षान्त समारोहमा भाग लिन पाउने विद्यार्थीको विवरणसहितको ५९औं ग्रेसलिस्टअनुसार २९ हजार ७ सय २९ विद्यार्थी दीक्षान्त समारोहमा भाग लिन पाउनेछन्।