सोमबार, फागुन १८, २०८२

मोहम्मद जयन्तीका अवसरमा मुस्लिम समुदायको र्‍याली

पर्साका मुस्लिम समुदायले मंगलबार मोहम्मद डे धुमधामका साथ मनाएका छन्।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

kumari

पर्सा– पर्साका मुस्लिम समुदायले मंगलबार मोहम्मद जयन्ती धुमधामका साथ मनाएका छन्। वीरगन्जको माईस्थान जामे मस्जिद, मुर्ली मस्जिद, गहवा मस्जिदबाट निकालिएको र्‍याली महानगरपालिका परिक्रमा गरी पुनः मस्जिदमा गई सम्पन्न भएको थियो।

मुस्लिम धर्मावलम्बीहरुको धर्मगुरु पैगम्बर हजरत महम्मद सल्लाह अलैहे वसलमको जन्म उत्सवका अवसरमा र्‍याली निकालिएको हो। र्‍यालीका क्रममा सांसद प्रदीप यादवले र्‍यालीमा सहभागीलाई फलफूल वितरण गरेका थिए। पैगम्बर हजरत महम्मद सल्लाह अलैहे वसलमको जन्म सन् ५७१ मा मक्कामा भएको थियो। ५३ वर्ष मक्कामा बिताएपछि उनी ५३ वर्षको आयुमा मदिना गएका थिए।

इस्लामलाई संसारभर पूर्ण रुपमा व्यवस्थित गरेको सम्झनामा दिवस मनाउन थालिएको हो। हजरत महम्मद सल्लाह अलैहे वसलम मक्काबाट मदिना गएपछि हिजरी संवत्को शुभारम्भ गरेको मानिन्छ। 

प्रकाशित: Oct 19, 2021| 12:48 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।