मंगलबार, असार ३०, २०८३

साउनबाट राष्ट्रिय परिचयपत्र वितरण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सरकारले आगामी साउनको तेस्रो सातादेखि राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ। स्थापनाको आठ वर्षपछि राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले साउनदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्न लागेको हो।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक दिलिपकुमार चापागाईंले साउन तेस्रो सतादेखि परिचयपत्र वितरण गरिने जानकारी दिए। उनका अनुसार परिचयपत्र वितरणका लागि सिंहदरबार र पाँचथरमा असार ५ देखि वितरण संकलन भइरहेको छ।

सिंहदरबारस्थित सबै मन्त्रालय र निकायहरुमा वितरण संकलनको ढाँचा पठाइसकिएको तथा विवरण आउने क्रम जारी छ। पहिलो चरणअन्तर्गत परिचयपत्र विवरण सुभारम्भ सिंहदरबारबाट गरिनेछ।  राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र २०६७असार १६ गते छुट्टै निकायको रुपमा स्थापना भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।