मंगलबार, असार ३०, २०८३

नेपाल नाका नजिकै विमानस्थल बनाउँदैछ चीन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
हङकङ- चीनले सन् २०२१ भित्र आफ्नो दक्षिणी सिमानामा तीन वटा विमानस्थल बनाइसक्ने योजना अगाडि सारेको छ । 

नेपाल, भारत र भुटानको सीमामा चिनियाँ विमानस्थल निर्माण गर्न लागिएको हो । सबै उच्च हिमाली क्षेत्रमा निर्माण हुने चीनले जनाएको छ । 

संसारकै छानो मानिने तिब्बती पठारको पिछडिएको क्षेत्रलाई जोड्ने उद्देश्यले बेइजिङले उक्त कदम उठाएको हो । ल्होका, सिगात्से र ङारीमा ती विमानस्थल निर्माण हुनेछन् । ल्होका भारत सीमामा पर्छ भने सिगात्से नेपालको सीमामा । यस्तै, ङारी भुटानको सीमामा पर्छ । ल्हासा विमानस्थलमा पनि एक धावनमार्ग थप गर्ने चिनियाँ योजना छ । 

नागरिक उड्डयन प्रशासनका अधिकारीलाई उद्धृत गर्दै पिपल्स डेलीले जनाएअनुसार सबैको लागत १६ अर्ब ७० करोड युआन अर्थात् दुई अर्ब ६० करोड अमेरिकी डलर अनुमानित छ । 

ल्होकाको ठूलो भूभागलाई भारतले आफ्नो भएको दाबी गर्दै आएको छ । ल्होकालाई मन्डारिन भाषामा 'सेनन' भन्ने गरिएको छ । त्यो दक्षिण-पूर्वी तिब्बतको प्रिफेक्चर स्तरको शहर हो, जुन पहिले अरुणाचल प्रदेशमा पथ्र्यो । र, भारत र भुटानबाट घेरिएको थियो । 



उक्त विवादास्पद क्षेत्र २८ हजार सात सय वर्गकिलोमिटरमा फैलिएको छ । र, चीन-भुटान सीमाको दोक्लामबाट नजिक पर्छ । गत वर्ष यही समयमा दोक्लाममा चीन र भारतका सैनिक आमनेसामने भएका थिए । चीनले गरिरहेको सडक विस्तार रोक्न भारतले भुटानमा तैनाथ आफ्नो सेनालाई चिनियाँ भूभागसम्म पु¥याएको थियो । 

पछिल्ला दिनमा भारत-चीन सम्बन्धमा सुधार देखिएको छ । खासगरी, केही समयअघि संघाई को-अपरेसनको बैठकमा भाग लिन किङ्दाओ पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग गरेको भेटघाटयता विगतको तिक्तता हटेको विश्वास गरिएको छ । 

ल्होका विमानस्थल चीनको १३औं पञ्चवर्षीय योजना (सन् २०१६-२०२०)का लागि धेरै अघिदेखि प्रस्तावित थियो । तर, त्यहाँ विमानस्थल निर्माणको विषयले भारतलाई चिढ्याउन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । सीमामा सैन्य उपस्थिति मजबुत बनाउने उद्देश्यले चीनले विमानस्थल बनाउन लागेको आरोप भारतले लगाउन सक्छ । 

उत्तर-पश्चिमी तिब्बतको ङारी प्रिफेक्चर अक्साई चीनको एक भाग हो । त्यहाँ पनि नयाँदिल्लीले चीनलाई आफ्नो सैन्य उपस्थिति हटाउन माग गर्दै आएको छ । र, त्यहाँको सैन्य उपस्थितिलाई 'अवैध कब्जा'को संज्ञा दिँदै आएको छ । 

ल्हासा विमानस्थलमा धावनमार्ग थपसहित तीन वटै विमानस्थलको सम्भाव्यता अध्ययन रिपोर्ट गत अप्रिलमा स्वीकृत भएको थियो । तीनै विमानस्थल नागरिक उड्डयनका लागि प्रयोग हुने चिनियाँ अधिकारीहरूले जनाएका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।