शनिबार, जेठ २, २०८३

जाडोबाट कसरी बच्‍ने?

जाडो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ। चिकित्सकले अधिक चिसोबाट स्ट्रोकदेखि ज्वरो, श्वासप्रश्वास, घाँटीको समस्याले सताउने भएकाले जाडोमा शरीरलाई न्यानो राख्न ध्यान दिनुपर्ने बताउँछन्।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

काठमाडौं- जाडो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ। चिकित्सकले अधिक चिसोबाट स्ट्रोकदेखि ज्वरो, श्वासप्रश्वास, घाँटीको समस्याले सताउने भएकाले जाडोमा शरीरलाई न्यानो राख्न ध्यान दिनुपर्ने बताउँछन्। 

National life

जाडोमा खासगरी हातखुट्टा, अनुहार (एक्स्पोज हुने भागको) छाला फुट्ने, फुस्रो हुने हुन्छ। यसबाट बच्न कोल्ड क्रिमको प्रयोग गर्न सकिन्छ।

चिसोबाट बच्‍ने उपाय

-खानपान र रहनसहनमा विशेष ध्यान दिनुपर्ने।

-ताजा तथा झोल पदार्थ खाने, तातो कुरा खाने र शरीरमा तापक्रमको सन्तुलन कायम राख्‍ने।

-तुलसी, अदुवा, महको नियमित सेवन गर्ने।

-घाम ताप्ने, तेलले मालिस गर्ने।

-बाक्ला, उनीका लुगा लगाउने।

-छालालाई चिसोबाट जोगाउन कोल्ड क्रिमलगायत प्रयोग गर्ने।


प्रकाशित: Oct 19, 2021| 05:35 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्