मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्‍त्रीले बाँडे ६० करोड, नेपालमा दैनिक अर्बको सट्टेबाजी

मन्‍त्रीले बाँडे ६० करोड, नेपालमा दैनिक अर्बको सट्टेबाजी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित शनिबारका राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयलाई पहिलो प्राथमिकतामा पारेका छन् । 

उत्तरी सिमामा हुने तस्करीको विषयलाई मुख्य समाचार बनाएको आजको कान्तिपुर दैनिकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विभिन्न संस्था र प्रतिष्ठानलाई ६० करोड रुपैयाँ बाँडेको खुलासा गरेको छ । 

समाचारमा उल्लेख भए अनुसार आर्थिक वर्ष सकिन लाग्दा मन्त्री अधिकारीले मन्त्रीस्तरीय निर्णय गरी संस्कृति प्रवद्र्धन कार्यक्रमअन्तर्गत पुजिगत अनुदानका नाममा अन्धाधुन्ध रकम वितरण गरेका हुन् । विभिन्न नेता, साहित्यकार र कलाकारका नाममा खुलेका संस्था र प्रतिष्ठानलाई मनपरी रकम वितरण गरेको कान्तिपुरले लेखेको छ ।  

सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको विषयलाई एङ्कर न्युज बनाएको आजको नागरिक दैनिकले 'धान निर्यात अब इतिहास' शीर्षकमा मुख्य समाचार छापेको छ ।

उसले लेखेको छ- 'साढे तीन दशकअघिसम्म सेती–महाकालीबाट बंगलादेश, भारतको उडिसालगायतका ठाउँमा धान–चामल निर्यात गरिन्थ्यो । बंगलादेशमा अनिकाल पर्दा यहाँको माटोमा उब्जेको धानले भोक मेटाउथ्यो । तर अहिले समय बद्लिएको छ । धान–चामल निर्यात गर्ने हामी आयात गर्न बाध्य छौ ।' 

अन्नपूर्ण पोस्टले भने भाइरलको जोखिम बढेको विषयलाई मुख्य समाचार बनाएको छ । उसले पत्रकार यादव थपलियाको भाइरलकै कारण निधन भएको उल्लेख गर्दै लेखेको छ– भाइरल इन्फ्लुएन्जाले आकस्मिक रुपमा मृत्युको मुखमा लैजान सक्छ । त्यसैले भाइरलबाट जोगिन भ्याक्सिन लगाउनु पर्छ । 

नेपालमा दैनिक अर्बको सट्टेबाजी हुने गरेको विषयलाई विशेष रिपोर्टका रुपमा प्रस्तुत गरेको शनिबारको नयाँ पत्रिकाले विश्वककप फुटबलका विभिन्न विषयलाई चिरफार गरेको छ । 

उसले क्यासिनोका खेलाडी सट्टेबाजीमा व्यस्त हुने गरेको देखि फ्यान र घरानियाँसम्म सट्टेबाजीमा सक्रिय हुने गरेको विषयको उठान गरेको छ । साँझ ५ बजेबाट सट्टेबाजीको धन्दा सुरु हुने गरेको छ भने बिहान ८ बजे सम्म हिसाब क्लियर हुने गरेको नयाँ पत्रिकाले लेखेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।