मंगलबार, असार ३०, २०८३

ललितपुरमा बस दुर्घटना: एक जनाको मृत्यु, २३ घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
ललितपुर- ललितपुरको कोज्योसोम गाउँपालिका-५ भारदेउमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । 

लगनखेलबाट यात्रु बोकेर हिडेको बा ४ ख ५३६४ बस लेले-चन्दनपुर सडकखण्डमा शुक्रबार दिउँसो ४:५० बजे स्टेरीङ फेल भएर दुर्घटना भएको महानगरीय प्रहरी वृत चापागाउँका डिएसपी रवीन्द्र रेग्मीले जनाएको छन्।

डिएसपी रेग्मीका अनुसार बस सडकबाट १०० मिटर दायाँतर्फ तल खसेको छ। बसमा सवार ३५ जना मध्ये २३ जना घाइते भएका छन् । उनीहरुलाई आनन्दवन अस्पतालमा उपचार भइरहेको डिएसपी रेग्मीले बताए। 

उपचारका लागि पाटन अस्पताल लगिएको एक महिलाको निधन भएको डिएसपी रेग्मीले नेपाल समयलार्इ बताए।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।