मंगलबार, असार ३०, २०८३

तथ्यांक संकलनमा गएकी युवती मृत भेटिइन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- आफ्नै वडामा तथ्यांक संकलनमा गएकी एक युवती कैलालीमा मृत अवस्थामा फेला परेकी छन्।
 
कैलालीको गौरीगंगा नगरपालिकामा करारमा जागिरे सोही नगरपालिका वडा नम्बर ११ की १८ बर्षीया माया विक शुक्रबार मृत अवस्थामा फेला परेकी हुन्।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार असार १२ गते नगरपालिकाबाट तथ्यांक संकलनका लागि गएकी विक शुक्रबार सोहि वडास्थित श्रीपुर जंगलमा मृत अवस्थामा फेला परेकी हुन । विकको शवसँगै उनले चलाएको साइकल पनि सोही ठाउँमा फेला परेको प्रहरीले जानकारी दिएको छ।
 
घिमिरेका अनुसार मृतक विकका आफन्तले बिहिवार मात्र उनी हराएको खवर प्रहरीमा गरेका थिए । उनको शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याँइदै गरेको घिमिरेले जानकारी दिए । मृत्यु वा हत्या के हो भन्ने बारेमा पोष्टमार्टम र अनुसन्धानपछि मात्र भन्न सकिने घिमिरेले बताए।

मृतक विक गौरीगंगा नगरपालिकाको समावेशी विकास कार्यक्रम अन्र्तगत एक महिने करार सेवामा नियुक्त भएकी नगरपालिकाले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।