नेपालगन्ज– बाँकेमा पछिल्लो एक महिनामा भएका १४ वटा सवारी दुर्घटनामा परेर ७ जनाले ज्यान गुमाएका छन भने ३ जना गम्भीर घाइते भएका छन्। जिल्ला ट्राफिक कार्यालय बाँकेले दिएको जानकारीअनुसार सबैभन्दा बढी सवारी दुर्घटनामा परेर पूर्वपश्चिम राजमार्गको कोहलपुर–शिवखोला सडक खण्डमा तीनजनाले ज्यान गुमाएका छन्।
यसैगरी नेपालगन्ज–गुलरिया सडक खण्डको धनौली क्षेत्रमा दुईजनाले, राझा नजिकै एकजना र राझाको गाउँभित्र एकजनाले सवारी दुर्घटनामा परेर ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए।
उनले एक महिनाको अवधीमा ट्राफिक नियम विपरीत सडकमा गुडेका २ हजार ८ सय ५० सवारी साधनलाई कारबाही गरी १५ लाख ८० हजार राजस्व समेत संकलन गरिएको बताए।