शनिबार, चैत ७, २०८२

कपिलवस्तुमा झाडापखालाबाट चारको मृत्यु, ८८५ संक्रमित

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ७, ८ र ९ मा फैलिएको झाडापखालाबाट हालसम्म चार जनाको मृत्यु भएको छ।
 |  आइतबार, असोज ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३१, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ७, ८ र ९ मा फैलिएको झाडापखालाबाट हालसम्म चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४५ वर्षीय पुरुष, ७ वर्षीय र २ वर्षीय बालक तथा पाँच वर्षीय बालिका छन्।

यस्तै अहिलेसम्म ८८५ जना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये २५ जनाको शिवराज अस्पतालमा उपचार भइरहेको छ भने ८१८ जना निको भई डिस्चार्ज भएका छन्। 

प्रतिकार्यका लागि आवश्यक औषधि र स्वास्थ्य सामग्रीको व्यवस्थापन भइरहेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिए।


प्रकाशित: Oct 17, 2021| 17:05 आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्