शनिबार, चैत ७, २०८२

थप ३९१ मा कोरोना संक्रमण, ६ जनाको मृत्यु

नेपालमा थप ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, असोज ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३१, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौैं– नेपालमा थप ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ८०७७ नमुना परीक्षण गर्दा ३९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तीमध्ये पीसीआरबाट ३८५ जनामा र एन्टिजेनबाट ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २८४ पुगेको छ। मन्त्रालयअनुसार आइतबार ६८० जना कोरोनामुक्त भएका छन्। निको हुनेको संख्या ७ लाख ८१ हजार ४५६ पुगेको छ। 

हाल कोरोना सक्रिय संक्रमितको संख्या १२ हजार २९७ रहेको छ। जसमध्ये २९९ जनाको आईसीयूमा र ९८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित: Oct 17, 2021| 16:49 आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्