सोमबार, चैत ४, २०८१

डेंगु नियन्त्रण गर्न 'फगिङ' अभियान

नगरपालिकाले दसैँ भित्रै नगरको तराई र भित्रि मधेशको सबै वडामा फगिङ (औषधि छिर्काउँ कार्यक्रम) थालेको हो।
 |  आइतबार, असोज ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३१, २०७८

उदयपुर- उदयपुरको त्रियुगा नगरपालिकाले डेंगु नियन्त्रणका लागि फगिङ अभियान थालेको छ। नगरपालिकाले दसैँ भित्रै नगरको तराई र भित्रि मधेशको सबै वडामा फगिङ (औषधि छिर्काउँ कार्यक्रम) थालेको हो। 

health

नगर क्षेत्रको तराई र भित्रि मधेशमा पर्ने वडा नम्बर १ देखि १३ सम्म फडिङ गर्ने कार्यक्रम अनुरुप धमाधम औषधि छर्ने काम भइरहेको त्रियुगा नगरपालिका नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए। 

नगरको १६ वडामध्ये १४, १५, १६ पहाडी भेग पर्ने भएकाले त्यसबाहेको क्षेत्रमा फगिङ गर्ने काम भइरहेको छ। 

सिटी सवारीमा फगिङ गर्ने मेसिन राखेर प्रत्येक टोलटोलमा पुगेर औषधि छर्किने काम भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा उपप्रमुख अवधनारायण चौधरीले बताए। उनका अनुसार डेल्टामेथ्रिन १.२५ नामक कीटनाशक औषधिलाई डिजलमा मिसाएर छर्किने गरेको बताउँछन्। त्रियुगा नगरपालिकाले विगत तीन वर्षदेखि नियमित रूपमा फगिङ गर्दै आएको छ।

दसैंभित्रैबाट सुरु गरिएको फगिङ अभियान त्रियुगा नगरपालिकाको बजार क्षेत्रका १०, ११, १२, १३ नम्बर वडामा सकिएको स्वास्थ्य शाखा उपप्रमुख चौधरीको भनाइ छ। उदयपुरमा तीन वर्षअघि कटारी, त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका क्षेत्रमा ३६ जनामा डेंगु संक्रमण भेटिएको  थियो। - न्यूज कारखाना

प्रकाशित: Oct 17, 2021| 11:27 आइतबार, असोज ३१, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।