मंगलबार, असार ३०, २०८३

दरौंदी किनारमा बाबुराम बने हली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- देश नै १५ असारमा रमाएका बेला पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको मन काठमाडौंको डेरामा थामिएन । शुक्रबार उनी गृहजिल्ला गोरखाको सिरानचोक गाउँपालिका पुगे। 

आफू हुर्केको दरौंदी किनारस्थित जरेबर फाँट पुगे । र, अनौ समातेर खेल हिल्याए । डा. भट्टराईलाई साथ दिए, उनका गाउँलेले । खेत जोतेर मात्र उनको रहर पूरा भएन । बाउसे गरे, महिलाहरूसँगै बीउ काढे, गरा सम्याए (स्थानीय भाषामा साउने काम, जसलाई दाँदे लगाउने पनि भनिन्छ) र गाउँलेसँग रमाए । 

उनी १५ असारको उत्सवमा सहभागी भएको जरबरे फाँट गृहनगर पालुङटार नजिकै पर्छ । उनको गाउँ पालुङटार नगरपालिकाको खोप्लाङ हो । 

जरेबर फाँटमा धान दिवसको आयोजना नयाँशक्ति पार्टीको गोरखा जिल्ला समिति र सिरानचोक गाउँपालिकाले संयुक्त रूपमा गरेका हुन् । डा. भट्टराई करिब तीन घण्टा रोपाईंमा सहभागी भएका थिए । 

पार्टी नेता÷कार्यकर्ता र स्थानीय बासिन्दासमेत गरी करिब तीन सय जनाको सहभागिता रहेको नयाँशक्ति गोरखाका नेता रोशन पोखरेलले जानकारी दिए । स्थानीय मिश्रा कुमालको खेतमा शुक्रबार ६ हल गोरु नारिएको थियो । र, डा. भट्टराई कुमालको खेताला बने । 

विगतमा पनि उनी असार १५ पारेर गृहजिल्ला पुग्ने र गाउँलेसँग रमाउने गर्थे । यसपटक भने महिनामा एक दिन मतदातासँग रमाउने उनको नियमित कार्यक्रम यही मौकामा पर्‍यो । नयाँशक्तिका नेता पोखरेलका अनुसार शुक्रबार राति डा. भट्टराई सिरानचोक गाउँपालिका–४ चोरकाटेमा बास बस्ने बस्ने र मतदातासँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । प्रधानमन्त्री छँदा स्वदेशी उत्पादन मुस्ताङ म्याक्स गाडी चढेर तथा महिनामा एक पटक गाउँ–गाउँ पुगेर बास बस्ने शैलीका कारण डा. भट्टराईले लोकप्रियता कमाएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।