बुधबार, जेठ २७, २०८३

१४७ मा कोरोना संक्रमण, ८५४ संक्रमणुमक्त, एक जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप १४७ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
 |  शनिबार, असोज ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३०, २०७८
National life
Shivam cement

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप १४७ जनामा कोरोना भाइरस संक्रमण भएको छ। १७७३ जनाको नमुना परीक्षण गर्दा १४७ जनामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।

मन्त्रालयका अनुसार यस अवधिमा ८५४ जना कोरोना मुक्त भएका छन्। यस्तै एक जनाको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख छ। मन्त्रालयका अनुसार आजसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २७८ पुगेको छ।

यस्तै संक्रमितमध्ये ३०७ जनाको आईसीयूमा उपचार भइरहेको छ भने ९७ जना भेन्टिलेटरमा छन्। आज सक्रिय संक्रमितको संख्या १२ हजार ५९८ छ।


प्रकाशित: Oct 16, 2021| 19:15 शनिबार, असोज ३०, २०७८
प्रतिक्रिया दिनुहोस्