बुधबार, जेठ २०, २०८३

एसइई उत्तीर्ण गरेकी छात्रालाई निःशुल्क प्लस टु

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एसइई उत्तीर्ण गरेकी छात्रालाई प्लस टु पढाइने र प्लस टुमा लाग्ने खर्च नगरपालिकाले व्यहोर्ने नगरप्रमुख शैलेश साहले जानकारी दिए।
 |  शनिबार, असोज ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३०, २०७८

राजविराज- सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एसइई उत्तीर्ण गरेकी छात्रालाई प्लस टु पढाइने र प्लस टुमा लाग्ने खर्च नगरपालिकाले व्यहोर्ने नगरप्रमुख शैलेश साहले जानकारी दिए। 

National life

एसइई उत्तीर्ण गरेपछि माथिल्लो तहको शिक्षा ग्रहण गर्ने छात्राको सङख्या अत्यन्त न्यून देखिएकाले उनीहरुलाई उच्च शिक्षामा पहुँच बढाउन नगर सभाले निर्णय गरेर यस बर्षदेखि कार्यान्वयनमा ल्याइएको उनले बताए।

उनले भने, 'समग्र समाज शिक्षित नभएसम्म नगरको विकास सम्भव हुन सक्दैन। शिक्षित समाज स्थापनाका लागि एसइई उत्तीर्ण गरेकी छात्रालाई प्लस टू पढ्इने योजना नगरपालिकाले ल्याएको छ।'

कक्षा ११ मा भर्ना हुने छात्राको रजिष्ट्रेसन शुल्क, परीक्षा शुल्क र मासिक शुल्कसमेत नगरपालिकाले नै व्यहोर्ने बताइएको छ।

यसैगरी दलित छात्र तथा छात्रालाई सिटिइभिटीअन्तर्गतका कलेजमा पढ्न लाग्ने खर्चको ५० प्रतिशत नगरपालिकाले व्यहोर्ने नगर प्रमुख साहले बताए।  - रासस

Shivam cement

प्रकाशित: Oct 16, 2021| 16:55 शनिबार, असोज ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।