काठमाडौं- बैंकिङ कसुरमा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् । सामुदायिक लघुबित्त बित्तिय संस्था एसएलबीएस साँगाका सञ्चालक समितिका तत्कालीन प्रमुख कार्यकारी अधिकृत शम्भुराम जोसी सहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सामुदायीक लधुबित्त बित्तिय संस्थाका संचालक समितीका अध्यक्ष हिरा बिश्बकर्मा, संचालक समितका सदस्य चण्डेश्वरी प्रधान तथा संचालक समितीका सदस्य बटुकृष्ण कार्की छन।
कर्जा प्रबाहमा नक्कली गुडविल चेक मार्फत दुई करोड ५० लाख भन्दा बढि हिनामीना गरेको बताईएको छ ।
उनिहरुलाई बैकिङ कसुर तथा सजाय ऐन बमोजिम अनुसंधान भैरहेको केन्द्रीय अनुसंधान ब्युरोले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४