काठमाडौं-देशभर असार १५ मा धान दिवस मनाईन्छ । तर यो दिवस काठमाडौं जोरपाटी सडकखण्डमा भने किसानले उत्सवका रुपमा मनाउनेजस्तो महोत्सव बनेन ।
२४ सै घण्टा सवारी साधन चल्ने र यात्रुको चाप भएको यो सडकखण्ड हिउँदमा धुलाम्य र वर्षा लागेपछि धान रोप्ने खेतभन्दा हिलाम्य भएपछि त्यसको विरोध धान दिवसमै गरिएको छ ।
अभिनव साहित्य समाजले यात्रुहरुको दैनिकी कष्टकर बनाउने यो सडक सुधारको माग मात्र गरेनन सडकमै धान रोपेर सांकेतिक विरोध पनि गरे ।
समाजले सडकमै कविता वाचन कार्यक्रम सञ्चालन गर्दै धान रोपेको थियो ।
यो सांकेतिक विरोधले सडकको स्तर सुधार्न सरकारको ध्यानाकर्ष गराउने आयोजकको आशा भएपनि सडकमा देखिएको नयाँ र अनौठो काम हेरेर यात्रुहरु अचम्मित भएका थिए ।
भिडियो र तस्बिरमा हेर्नुहोस् व्यस्त सडकमा भएको रोपाई
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...