मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • दुर्गा पूजा पण्डालमा तोडफोड हुँदा बंगलादेशमा तीन जनाको मृत्यु

दुर्गा पूजा पण्डालमा तोडफोड हुँदा बंगलादेशमा तीन जनाको मृत्यु

बंगलादेशमा एक फेसबुक पोस्टका कारण भड्किएको हिंसापछि कयौं दुर्गा पूजा पण्डालहरुमा तोडफोड गरिएको छ।
 |  शुक्रबार, असोज २९, २०७८

बीबीसी

बीबीसी

शुक्रबार, असोज २९, २०७८

ढाका– बंगलादेशमा एक फेसबुक पोस्टका कारण भड्किएको हिंसापछि कयौं दुर्गा पूजा पण्डालहरुमा तोडफोड गरिएको छ। यससँगै करिब १५० अल्पसंख्यक परिवारमाथि आक्रमण भएको छ। बंगलादेशका अधिकारीहरुका अनुसार पण्डालहरु तोडफोडका क्रममा तीन जनाको मृत्यु भएको छ। बंगलादेशको कोमिल्ला जिल्लामा भएका एक पूजा पण्डालमा कुरानको अपमान भएको हल्ला फैलाइएपछि हिंसा भड्किएको हो। 

अहिले उक्त जिल्लाका दुर्गा पण्डालहरु भएको ठाउँमा ठूलो संख्यामा सुरक्षा बल तैनाथ गरिएको छ। प्रहरीका अनुसार हिंसामा अन्य दुई जना गम्भीर घाइते भएका छन्। 

यता भारतीय विदेश मन्त्रालयका प्रवक्ताले बंगलादेशको पूजा पण्डालमा भएको हमलाको बारेका जानकारी प्राप्त भएको बताएका छन्। 

न्त्रालयका प्रवक्ता अन्दिम बग्चीले बंगलादेश सरकारले यस मामिलाका विषयमा तत्काल कारबाही अघि बढाउनुपर्ने बताएका छन्। उनले ढाकामा रहेको भारतीय उच्चायोगको कार्यालय र भारतीय कन्सुलेटका अधिकारीहरुलाई स्थानीयस्तरमा सम्पर्क गरेर घटनाको वास्तविकता पत्ता लगाउन पनि निर्देशन दिएका छन्। 

उक्त घटनामा संलग्न भएको भन्दै हालसम्म १० जनालाई नियन्त्रणमा लिइएको छ। स्थानीयहरुले पहिलो पटक उक्त क्षेत्रमा यस्तो घटना भएको बताएका छन्। सन् २०११ को जनगणना अनुसार १४.९ करोड जनसंख्या रहेको बंगलादेशमा ८.५ प्रतिशत हिन्दु छन्। 

kumari

पश्चिम बंगालका कयौं संगठनहरुले बिहीबार राति नै यस घटनाको कडा निन्दा गरेका छन्। विश्व हिन्दू परिषद्ले पनि यस मामिलाको गम्भीर छानबिनको माग गरेको छ।

प्रकाशित: Oct 15, 2021| 09:14 शुक्रबार, असोज २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।