सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'जीपीए फोर' निरजरा र इशा भन्छन्,  'एकछिनमै तान्यो ट्रिटनले'

'जीपीए फोर' निरजरा र इशा भन्छन्,  'एकछिनमै तान्यो ट्रिटनले'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- एसईईमा फोर जीपीए ल्याएकी निरजारा भुजेल र इशा वाग्ले ट्रिटन कलेजको गेटमा पुग्‍नसाथ बेग्लै फिल भयो। सडकको कोलाहलबाट थोरै टाढा तर शान्त र पारिपारिक वातावरणले उनीहरुलाई प्रभावित गर्‍यो। फराकिलो ग्राउन्ड, सुन्दर फुलबारी, सफा क्यान्टिन,  मल्टिमेडिया बेस्ड क्लास रुम, व्यवस्थित लाइब्रेरी, अत्याधुनिक ल्याब देखेपछि दुवैलाई बाहिर निस्कनै मन लागेन । निरजारा र इशा भन्छन्, 'ट्रिटनले त हामीलाई एकछिनमै तान्यो ।' 

दुवैले बुधबार नै ट्रिटनमा भर्नाका लागि फर्म भरिसकेकी छिन्।  निरजारा भन्छिन्, 'मलाई यहाँको वातावरण नै मन पर्‍यो । ट्रिटनको गेटदेखि नै सबै सहयोगी र सकारात्मक पाए । यहाँ छिरेपछि त  निस्कनै मन नलाग्दो रहेछ।'

इशा पनि ट्रिटनमा बेग्लै वातावरण पाएको बताउँछिन् । इशा भन्छिन्, 'अरु कलेजमा जस्तो मोलमोलाइ नहुँदो रहेछ। कतिपय कलेजमा त ग्राहक (क्लाइन्ट) लाई जस्तो गर्छन्। तर यहाँ त्यस्तो अनुभव हुँदैन । विद्यार्थीकै रुपमा हामीलाई व्यवहार हुन्छ। कार्यक्रम र विषयबारे सम्बन्धित विज्ञ तथा शिक्षकसँग बसेर छलफल गर्न पाइँदो रहेछ।' निरजारा र इशाजस्तै उत्कृष्ट नतिजा ल्याउने थुप्रैले ट्रिटनलाई आफ्नो रोजाइ बनाइसकेका छन्।

उत्कृष्ट नतिजाका लागि कठोर परिश्रम र निरन्तरको लगनशिलता आवश्यक रहेको बताउँछिन् इशा । भन्छिन्, मिहिनेत आफ्नो ठाउँमा छ तर यो बाहेक ‘स्र्माट स्टडी’ महत्वपूर्ण छ । विज्ञान विषयमा राम्रो भविष्य देखेका उनीहरु आगामी दिनहरुमा ट्रिटनमा आफ्नो पढाईको स्तर सुदृढ हुने विश्वास राख्छन् । उनी इन्जिनियरिङमा आफ्नो भविष्य राम्रो बनाउन चाहन्छिन् 

निरजारा भन्छिन्, अहिले कलेजको पूर्वाधार मात्र राम्रो भएर पुग्दैँन। विद्यार्थीलाई गर्ने व्यवहार देखि लिएर श्क्षिक, ल्याब, अनुशासन हरेक कुरामा राम्रो हुनुपर्छ । जुन मैले ट्रिटनमा पाए । अरुति भन्दा फरक व्यवहार र ‘स्पेसल अटेन्सन’ पाएकोमा उनी आफूलाई भाग्यमानी थान्छिन् र भविष्यमा चिकित्साशास्त्रमा अगाडी वढ्ने बताउँछिन् ।लाइसियम स्कुलमा अध्ययनरत फरिना लामिछाने र मन्जिता घिमिरेको रोजाइ पनि ट्रिटन भइसकेको छ । दुवैले जीपीए ३.९० ल्याएका छन् । अनुभवी शिक्षकहरु र अत्याधुनिक पुर्वाधारले उनीहरुलाई ट्रिटनप्रति आर्कषित गरेको छ । आगामी दिनहरुमा अझै प्रगति गर्ने विश्वास राख्छन् उनीहरु । 

भिडियो हेर्नुहोस्

एसईईको परीक्षाफल प्रकाशित भएपछि ट्रिटनमा भर्नाका लागि बुझ्‍न आउनेहरुको भीड बढेको छ।  कलेजका अप्रेशन तथा एडमिन हेड रितु न्यौपानेका अनुसार दैनिक पाँच सय भन्दा बढी  विद्यार्थीले ट्रिटनमा भिजिट गर्ने गरेका छन्। न्यौपानले भनिन्, 'विद्यार्थीको सहभागिता देखेर हामी उत्साहित छौं।' कलेजमा आउने विद्यार्थीलाई व्यवस्थित रुपमा जानकारी तथा परामर्श दिनका लागि ट्रिटनले ग्राउन्डमा व्यवस्थित काउन्सिलिङ डेस्क तयार गरेको छ । जहाँ कलेजका पदाधिकारी तथा विषयक विज्ञ एवं शिक्षकहरुले विद्यार्थीलाइृ आवश्यक जानकारी तथा परामर्श उपलब्ध गराउँछन् । बिहानदेखि बेलुकासम्म नै भर्नाबारे जानकारी तथा काउन्सिलिङको व्यवस्था छ।  

काउन्सिलमा कक्षा ११ र १२ मा पढाइ हुने विषय, तीनको सैद्धान्तिक र व्यवहारिक महत्व र करिअर विकासका संभावनाबारे व्यवसायिक विज्ञहरुबाट विशेष जानकारी तथा आवश्यक परे कक्षासमेत दिइन्छ। यसले सही विषय र कलेज छनोट गर्न सजिलो हुने गरेको ट्रिटनमा आउने विद्यार्थीहरु बताउँछन् । ट्रिटनका भाइस प्रिन्सिपल श्रीकृष्ण विष्टले यहाँ बुझ्‍न आउने विद्यार्थी भर्ना भएर मात्र फर्किने गरेको बताउँछन्। भाइस प्रिन्सिपल बिष्ट भन्छन्, 'प्लस टुमा व्यवस्थापन, विज्ञान तथा मानविकीमा प्रयोगात्मक सिकाइसहित गुणस्तरीय अध्ययन गर्न चाहने विद्यार्थीका लागि ट्रिटन एउटा उत्कृष्ट गन्तव्य हुनसक्छ। अहिले विद्यार्थीको आकर्षण र भर्नाको चापले पनि त्यसलाई पुष्टि गरेको छ।'
 


ट्रिटनमा माध्यमिक तहदेखि स्‍नाकोत्तर तहसम्मको पढाइ हुन्छ । डिभी ग्रुप अफ कम्पनीजको व्यवस्थापनमा संचालित यो कलेजमा पछिल्लो समय विद्यार्थीको आकर्षण र चाप बढ्दै गएको छ । प्रभावकारी व्यवस्थापन, अनुभवी र दक्ष शिक्षक, अनुशासन तथा पारिवारिक वातावरण, उत्कृष्ट नतिजा, प्रयोगात्मक सिकाइका कारण गुणस्तरीय शिक्षाका लागि ट्रिटन उपयुक्त गन्तव्य बनेको यहाँ अध्ययन गर्ने विद्यार्थी बताउँछन्। अमेरिका, बेलायत, जापानलगायतका विश्वका विभिन्न मुलुकबाट पिएचडी तथा उच्च शिक्षा हासिल गरेका अनुभवी प्रध्यापक, विज्ञ तथा शिक्षकहरुका कारण पनि यहाँ वर्षेनी भर्नाको चाप बढेको छ । 

हाल ट्रिटनमा प्लस टुमा साइन्स, म्यानेमेन्ट, सोसियल साइन्स (मानविकी)लगायतका विषयमा पढाइ भइरहेको छ । त्यसैगरी बीसिए, बिबिएस, बिएस डब्लुलगायत विभिन्न विषयमा स्नातक कार्यक्रमहरु संचालनमा छन् । त्यसैगरी एमबीबीएसलगायत स्नाकोत्तर तहमा पनि कार्यक्रम संचालनमा छन् । 



मल्टीमिडियामा आभारित कक्षासँग ट्रिटनले व्यक्तित्व विकास तथा व्यवसायिक विकासका लागि खेलकूदलगायतका विभिन्‍न अतिरिक्त क्रियाकलाप (इसीए)  संचालन गर्दै आएको छ। गेष्ट लेक्चर, ट्यालेन्ट हन्ट, कल्चरल शो, सेमिनार, प्रदर्शनीलगायतका विभिन्‍न रचानात्मक कार्यक्रम पनि संचालन गरिएको छ।  हरेक विद्यार्थीले पढाइसँगै आफ्नो रुचिअनुसार खेल्न तथा अन्य प्रतिभा प्रदर्शन गर्न पाउने वातावरण  प्रदान गर्ने कलेजका प्रिन्सिपल प्रा डा बिहारी विनोद पोखरेलले बताए । इ लाइब्रेरी तथा अत्याधुनिक ल्याबले विद्यार्थीको प्रयोगात्मक सिकाइलाई थप  प्रभावकारी बनाएको छ।

ट्रिटनको कक्षा १२ मा अध्ययनरत व्यवस्थापन  प्रदीप बस्‍न्यात भन्छन्, 'पढाउने, परीक्षा लिने र सर्टिफिकेट दिने कलेज धेरै छन्। तर ट्रिटनले हामीलाई अरु पनि धेरै दिन्छ। हाम्रो व्यक्तित्व तथा करिअर विकासमा समेत ट्रिटन एउटा असल अभिभावक बनिदिन्छ।' ट्रिटनमा  कक्षा १२ मा अध्यनरत साइन्सका टपर शिभाङ दत्त भन्छन्, ट्रिटनमा पढ्नुको मजा बेग्लै छ। जुन यहाँ आएपछि फिल हुन्छ।'

ट्रिटनले माध्यमिक शिक्षा परीक्षा (एसइइ ) दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर ट्रिटनले काठमाडौंलगायत मुलुकका मुख्य सहरमा एजुकेशन करिअर काउन्सिलिङ अभियान चलाएको थियो। एसइइ नतिजाको पर्खाइमा रहेका विद्यार्थीलाई उपयुक्त कलेज र विषय छनोट गर्न सहयोग गर्ने उद्देश्यले ट्रिटनले यो कार्यक्रम संचालन गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।