सोमबार, असार २९, २०८३

सरकार कुनै हालतमा असफल हुँदैन : ओली 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार कुनै पनि क्षेत्रमा असफल हुनै नसक्ने दाबी गरेका छन् । शुक्रबार संघीय संसदमा उठेका सवालको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारले जसरी पनि सफलता हात पार्ने बताए । 

‘अहिलेको सरकार कर्मचारी खटाउन असफल हैन । यो सरकार कुनै पनि क्षेत्रमा असफल हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘नियम कानुन अनुसार यो सरकार चल्छ । जनतालाई परिवर्तनको अनुभूति गराउन सफल हुन्छ ।’

अघिल्लो सरकारले चुनावी प्रचारका लागि ल्याएका र निर्णय नभएका बाहेक अन्य कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने पनि प्रधानमन्त्रीले बताए । उनले भने, ‘अखबारमा समाचारका लागि मात्र हुने निर्णय हाम्रो प्राथमिकतामा छैनन् । मन्त्रिपरिषदले गरेका निर्णय कार्यान्वयनका लागि सरकार प्रतिबद्ध छ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।