काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ४५५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। ६ हजार २१४ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा ८०४ जना संक्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ। आजको दिनमा देशभर १३ हजार ८५३ जना सक्रिय संक्रमित छन्।
त्यसैगरी पछिल्लो २४ घण्टामा ४ हजार ७८४ जनाले कोभिडविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।