सोमबार, चैत ४, २०८१

चलायमान हुँदै अर्थतन्त्र

हरेक वर्ष बजारले दसैंलाई नयाँ-नयाँ रौनकतासहित स्वागत गर्दछ। कोरोना कहरले सुस्ताएको प्रदेश नं २ को जनकपुरधाममा पछिल्लो समय चहलपहल बढेको छ। विगतका वर्ष कोरोना कहरका कारण बजार सुनसान रहेका थिए।
 |  बिहीबार, असोज २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २८, २०७८

धनुषा- हरेक वर्ष बजारले दसैंलाई नयाँ-नयाँ रौनकतासहित स्वागत गर्दछ। कोरोना कहरले सुस्ताएको प्रदेश नं २ को जनकपुरधाममा पछिल्लो समय चहलपहल बढेको छ। विगतका वर्ष कोरोना कहरका कारण बजार सुनसान रहेका थिए। 

health

किराना सामानदेखि लत्ताकपडा, गरगहना, सवारीसाधन पसलमा किनमेल गर्नेको भीड अत्याधिक देखिएको छ। यसैगरी सार्वजनिक सवारीसाधन तथा एयरलाइन्समा यात्रुको बढोत्तरी देखिएको छ। दसैं र लगत्तै पर्ने तिहार र छठलाई केन्द्रित गरेर बिक्रेता तथा सेवाप्रदायकले विभिन्‍न ‘अफर’ सार्वजनिक गरिरहेका छन्।

उपभोगमा आधारित अर्थतन्त्रमा कूल उपभोगको एक तिहाइ दसैंमा उपभोग हुने बताइएको छ। लामो बिदा र घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर मनोविनोद गर्ने, एकआपसमा खुसी साटासाट गर्ने र मान्यजनको आशीर्वाद लिने पर्वका रुपमा दसैंलाई लिइन्छ।  

अर्थविद् उज्ज्वल दाहालले घरयासी खर्चको एकतिहाइ खर्च दसैं सहित चाडपर्वमा हुने गरेको बताए। उनले भने, 'उद्योगी व्यवासायीले दसैं, तिहार र छठपर्वसंगै वस्तु र सेवाको व्यापारका लागि नयाँ नयाँ अफर सहित ग्राहकलाई लोभ्याउने भगीरथ प्रयत्न गर्दछन्। दसैंको व्यापारले वर्षभरीको व्यापारको चक्रलाई ठूलो भरणपोषण गर्छ।'

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले पर्वका अवसरमा विक्री वितरण बढ्नु स्वाभाविक बताए। उनले भने, 'टिकाउवस्तु फर्निचर, इलेक्ट्रोनिक्स, ग्याजेट लगायत (ड्युरेबल्स) का खरिदकर्तालाई दसैंको अफर नै पर्खेर बस्ने बानी लागि सकेको छ। अहिले इन्टरनेट सेवाप्रदायक, ट्राभल एजेन्सी, दूरसञ्चार सेवाप्रदायक तथा होटल÷रेस्टुरेन्टले दसैं लक्षित प्याकेज बिक्री गर्न थालेका छन्।'

दसैं मनाउन आ–आफ्नो गाउँघर आउनेको क्रम जारी छ। सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ। बजारमा पैसा चलायमान हुने भएकाले दसैंलाई अर्थतन्त्र चलायमान बनाउने एउटा प्रमुख पर्व भएको अर्थशास्त्री डा. सुरेन्द्र लाभको भनाइ छ। 

दसैं तिहारलाई लक्षित गरी नयाँ सवारी साधन खरिदमा छुट तथा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा यही बेला हुनाले पनि अर्थतन्त्र चलायमान हुने गरेको हो। 'पहिले पनि दसैं अर्थतन्त्रलाई चलायमान बनाउने एउटा प्रमुख पर्व थियो। पहिले दसैं विशेषमा मात्र किनमेलका लागि बजार लाग्थ्यो भने हाल पर्याप्त समय निकाल्न नसकेका नेपालीले यही अवसरमा लत्ताकपडा सहित सामानको किनमेल गर्ने गर्दछन्। कतिपयमा यही समयमै खरिद गर्नुपर्छ भन्ने मानसिकता समेत विकसित भएको देखिन्छ,' उनले भने। 

अन्य महिनाका तुलनामा दसैंमा करिब २५ देखि ३० प्रतिशत बढी रकम ‘रेमिट्यान्स’ भित्रिने गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ। सोही तथ्याङ्क अनुसार औषतमा दसैं, तिहार तथा छठका अवसरमा करिब रु १०-१५ अर्ब रेमिट्यान्स स्वदेश भित्रिन्छ। यसमा भारतमा काम गर्न गएका नेपालीले दशैंमा घर फर्किदा लिएर आउने रकम भने जोडिएको छैन। 

अर्थविद्का अनुसार दसैं अघिका दुई–तीन हप्ताका अवधिमा वर्षभरिको कूल राष्ट्रिय उपभोगको २० प्रतिशत जति उपभोग हुने गर्दछ। अर्थशास्त्री डा सुरेन्द्र लाभले भने, 'दसैं, तिहार तथा छठ पर्वसम्म बजारमा करिब रु पाँच अर्बको कारोबार हुने गर्दछ।   चाडपर्वको आर्थिक पाटो वास्तवमा नै बृहत्त छ।'

बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष प्रहलाद क्षेत्रीको अनुसार छुट तथा विभिन्न आर्कषक योजनाका कारण पनि पर्वका समयमा बजारमा चहलपलह तथा रौनक बढेको बताइन्छ। - रासस

प्रकाशित: Oct 14, 2021| 18:00 बिहीबार, असोज २८, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।