सोमबार, असार २९, २०८३

बाँसगढीमा प्रदेशस्तरीय रोपाइँ महोत्सव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बुटवल- रुपन्देही सैनामैना-८ बाँसगढीमा प्रदेशस्तरीय रोपाइँ महोत्सवको आयोजना गरिएको छ । 

'धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि' भन्ने मूलनाराका साथ प्रदेश नं ५ सरकारका कृषि तथा सहकारी मन्त्रालयले आज बाँसगढीमा आयोजना गरिएको सो महोत्सवमा मुख्यमन्त्री शंकर पोखरेल, सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, कृषि तथा सहकारीमन्त्री आरती पौडेललगायतले स्थानीय महिला रोपाहारसँगै (कृषि मजदुर) खेतमा धान रोपेर सहभागी हुनुभएको थियो । 

सो अवसरमा मुख्यमन्त्री पोखरेलले प्रदेशको आर्थिक विकास र समृद्धिको पहिलो आधार कृषि रहेकाले सरकारले यस क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गरेको बताए । 

आर्थिक वर्ष २०७५/०७६ का लागि प्रदेश सरकारले कृषि क्षेत्रमा ९० करोड बजेट विनियोजन गरेको उल्लेख गर्दै उनले कृषिको उत्पादकत्व बढाउन जमिन कब्जा गर्ने तर खेती नगरेर बाँझै राख्ने परिपाटीको अन्त्य गर्न विशेष नीति र कानून बनाइने बताए । 

कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कृषिजन्य उत्पादन बढाउन यान्त्रीकरण, व्यावसायिकीकरण र आधुनिकीकरणमा प्रदेश सरकारले जोड दिएको बताए । 

साना किसान सहकारी संस्था सैनामैनाको सहजीकरणमा भएको रोपाइँ महोत्सवमा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की, उपप्रमुख बिना रानामगरसहित ५०० भन्दा बढी महिला रोपाहार (कृषि मजदुर) धान रोपाइँमा सहभागी भएका थिए । 

महोत्सवमा प्रदेशसभा सदस्य, किसान र कर्मचारी, पञ्चेबाजाको तालमा नाचेका पनि थिए । 

स्थानीय कृषक भोजराज भण्डारीको १५ कट्ठा जग्गामा धान रोपेर महोत्सवको आयोजना गरिएको थियो । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।