सोमबार, असार २९, २०८३

प्रादेशिक लोकसेवा आयोग गठनको बाटो खुल्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बुटवल- प्रदेश नं ५ को मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोगसम्बन्धी विधेयक २०७५ र प्रदेश मुख्य न्यायाधिवक्ताको सेवा सुविधासम्बन्धी विधेयक, २०७५ लाई प्रदेशसभामा पठाउनका लागि स्वीकृत प्रदान गरेको छ । 

यसरी यी दुवै कानून निर्माण हुनासाथ प्रादेशिक लोकसेवा आयोग गठनको बाटो खुल्ने र प्रदेशस्तरमा आवश्यक जनशक्ति पदपूर्ति गर्न बाटो खुल्नेछ । सरकारले प्रादेशिक न्यायाधिवक्ताको नियुक्ति भने पहिल्यै नै गरिसकेको छ । 

यसैगरी बैठकले प्रदेशको कानून मस्यौदा तथा सुझाव आयोगका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधालाई स्वीकृत गरेको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए । 

आयोगका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा लोकसेवा आयोगका पदाधिकारी तथा सदस्यसरह रहने व्यवस्था गरिएको प्रवक्ता चौधरीले बताए । 

बैठकले कुनै पनि किसिमको विपद्मा परेकालाई राहत पुर्‍याउन प्रदेश सरकारको मुख्य भूमिका रहेको ठहर गर्दै राहत वितरण मापदण्ड २०७५ स्वीकृत गरेको समेत प्रवक्ता चौधरीले जानकारी दिए । 

राहत वितरण मापदण्डमा कुनै पनि विपद्मा परी घर नष्ट भएमा पीडित परिवारलाई ३५ हजार रकम र प्रतिघर दुई बन्डल जस्तापाता उपलब्ध गराइने भएको छ । यस्तै बहालमा बसेका परिवारको आवास नष्ट भएका परिवारलाई १० हजार उपलब्ध गराइनेछ । 

खाद्य बाली नष्ट भएको अवस्थामा प्रतिपरिवारलाई १० हजार, व्यापार व्यवसाय नष्ट भएमा ५० हजार, मानिसको मृत्यु भएको अवस्थामा भने एक लाख उपलब्ध गराइने मापदण्ड तय भएको छ । यस्तै विपद्का घटनामा घाइते भएमा औषधि उपचारबापत सरकारी अस्पतालको पहिलो पटकको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।