सान्टिआगो- प्यान्डोरा पेपर्समा नाम आएका चिलीका राष्ट्पति सेबास्टियन पिनेराविरुद्ध महाअभियोग लगाइने भएको छ। चिलीको विपक्षी पार्टीले बुधबार राष्ट्रपति पिनेराविरुद्ध महाअभियोगको प्रस्ताव अघि बढाएको हो ।
उनका छोराहरुले सम्हालेको कम्पनीमार्फत एक विवादित उत्खनन् कम्पनी बिक्रि गरेको र विदेशमा लगानी गरेको प्यान्डोरा पेपर्सले खुलासा गरेको थियो। प्यान्डोरा पेपर्सले मुलुकमा कर छली गर्दै विदेशमा लगानी गरेको र अकूत धन आर्जन गरेका धनी व्यक्तिहरु र राजनीतिज्ञहरुको नाम सार्वजनिक गरेको थियो।
प्यान्डोरा पेपर्स लिकपछि चिलीका विपक्षी दलहरुले राष्ट्रपतिले आफ्नो कार्यालयलाई व्यक्तिग व्यापारका रुपमा हेरिरहेको आरोप लगाउँदै राजीनामा माग गरेका थिए। तर, राष्ट्रपति पिनेराले भने आफूले कुनै पनि मुलुकमा लगानी नगरेको र प्यान्डोरा पेपर्समा आएको कुरा सत्य नभएको दाबी गरिरहेका छन्।
चिलीका सरकारी वकिलको कार्यालयले अक्टोबर ८ मा उक्त कुराकाने अनुसन्धान सुरु गरेको थियो। सन् २०१० मा पहिलो पटक राष्ट्रपति भएपछि उक्त उत्खनन् कम्पनी बिक्रि गरेर विदेशमा लगानी गरेको बताइएको छ।
चिलीका एक धनाढ्य व्यक्ति पिनेराले उक्त कुरा सन् २०१७ मो अनुसन्धानबाट पुष्टि नभएपछि आफू निर्दोष भएको बताइरहेका छन्। गत साता नयाँ अनुसन्धान सुरु भएपछि आफूले न्याय पाउनेमा पूर्ण विशवस्त रहेको बताएका छन्।
चिलीको संसद्मा राष्ट्रपतिविरुद्धको महाअभियोग प्रस्तावमाथि नोभेम्बर पहिलो साता संसद्ंमा मतदान हुने बताइएको छ। -एजेन्सीबाट साभार