सोमबार, कात्तिक १७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • नर्वेमा धनुष र वाणले आक्रमण गर्दा पाँच जनाको मृत्यु, दुई घाइते

नर्वेमा धनुष र वाणले आक्रमण गर्दा पाँच जनाको मृत्यु, दुई घाइते

नर्वेमा एक व्यक्तिले धनुष र वाणले आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
 |  बिहीबार, असोज २८, २०७८

बीबीसी

बीबीसी

बिहीबार, असोज २८, २०७८

ओस्लो- नर्वेमा एक व्यक्तिले धनुष र वाणले आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। नर्वेको दक्षिण पश्चिम सहर कोङबर्गमा स्थानीय समय अनुसार बेलुका ६ : १३ मिनेटमा आक्रमण भएको प्रहरीले जनाएको छ। 

Kumaribank

सहरका प्रहरी प्रमुख ओइभिन्ड आशले आक्रमण गर्ने व्यक्ति पक्राउ परिसकेको र उनले एक्लै उक्त काम गरेको बताएका छन्। यो आक्रमण किन गरिएको भन्ने विषयमा अनुसन्धान भइरहेको पनि उनले जानकारी दिएका छन्।

प्रधानमन्त्री इर्ना सोलबर्गले यसलाई निकै भयानक घटना भएको बताएकी छन्। उनले भनेकी छन्, ‘धेरै मानिसहरु त्रसित बनेका छन्। तर, महत्वपूर्ण कुरा ती आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ’। 

ती व्यक्तिलाई पक्राउ गर्न प्रहरीले उक्त क्षेत्र नै घेरा हालेको थियो। ती व्यक्तिले आक्रमणका क्रममा अन्य हतियार पनि प्रयोग गरेको आशंका गरिएको छ।

प्रकाशित: Oct 14, 2021| 08:50 बिहीबार, असोज २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।