बिहीबार, माघ १, २०८२

डब्लूएचओले भन्यो- कोरोना महामारीको उत्पत्तिबारे खोजी अन्तिम मौका

नयाँ कार्यदल गठन गरेको डब्लूएचओले कोरोनाको उत्पत्तिबारे खोजी गर्ने अन्तिम मौका भनेको छ।
 |  बिहीबार, असोज २८, २०७८

बीबीसी

बीबीसी

बिहीबार, असोज २८, २०७८

न्युयोर्क- विश्व स्वास्थय संगठन (डब्लूएचओ) ले कोरोना महामारीको उत्पत्तिबारे खोजी गर्नका लागि नयाँ कार्यदल गठन गरेको छ। नयाँ कार्यदल गठन गरेको डब्लूएचओले कोरोनाको उत्पत्तिबारे खोजी गर्ने अन्तिम मौका भनेको छ। 

National life

उक्त कार्यदलमा २६ जना विशषेज्ञहरु र वैज्ञानिक सल्लाहकार समूह रहेको छ। सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहानबाट सुरु भएको कोरोनाले महामारीको रुप लिएको पनि करिब दुई वर्ष पुग्न लाग्दासमेत यसको उत्पत्तिबारे पत्ता लाग्न सकेको छैन। 

यदि यो भाइरस जनावरबाट मानिसमा सरेको हो कि ल्याब लिक भएर फैलिएको भन्ने विषयको खोजी गर्ने जनाइएको छ। चीन सरकार भने ल्याब लिक भएर फैलिएको भन्ने कुरा मान्न तयार छैन। 

गत फेब्रुअरीमा डब्लूएचओको टोलीले कोभिड १९ को उत्पत्तिबारे अनुसन्धान गरेपछि चमेरोबाट फैलिएको निष्कर्ष निकालेको थियो। तर, थप अनुसन्धान गर्न सुझाइएको थियो। 

डब्लूएचओका प्रमुख टड्रोस अदानोम ग्रेबेयससले चीनमा पारदर्शीको अभाव र पर्याप्त तथ्यांक नहुँदा अनुसन्धानमा बाधा पुगेको बताएका थिए। अहिले गठन गरिएको कार्यदलमा ६ जना यसअघिको अनुसन्धान टोलीमा भएका व्यक्तिहरु रहेका छन्। 

Laxmi sunrise bank
kumari

चीनबाट फैलिएको अमेरिकाले यसको जिम्मेवारी चीनले लिनुपर्ने बताइरहेको छ। चीन भने यो कुरा मान्न तयार छैन। विगत दुई वर्षसम्म यसलाई भूराजनीतिक लडाइँ बनाइएको छ। अमेरिकाले त डब्लूएचओलाई पनि चीनसँग मिलेको आरोप लगाएको थियो। 

महामारीका कारण विश्वभर ४८ लाख ८८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने २३ करोड ९९ लाखभन्दा बढी संक्रमित भएका थिए। 


प्रकाशित: Oct 14, 2021| 08:35 बिहीबार, असोज २८, २०७८
प्रतिक्रिया दिनुहोस्