बिहीबार, भदौ ४, २०८३

दसैंको अवसरमा कैदीबन्दीलाई खाद्यान्न सहयोग

विजयादशमीको अवरसरमा कैदीबन्दीलाई खाद्यान्न सहयोग गरिएको छ।
 |  बिहीबार, असोज २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २८, २०७८

लमजुङ- विजयादशमीको अवरसरमा कैदीबन्दीलाई खाद्यान्न सहयोग गरिएको छ। लमजुङ मर्स्याङ्दी युवा क्लबले कैदीबन्दीलाई खाद्यान्न सहयोग गरेको हो।

क्लबका अध्यक्ष जुन तामाङकाअनुसार कैदीबन्दीलाई २५ किलो बासमती चामल, १५ किलो चिउरा, १५ लिटर तेल, १ बोरा भूजासँगै मसला, कोकलगायत २० हजार बराबरको सामान कैदीबन्दीलाई उपहार स्वरुप प्रदान गरेको हो।

क्लबले विगतका वर्षदेखि नै दसैंको अवसरमा कैदीबन्दीलाई खाद्यान्न समाग्री सहयोग गर्दै आइरहेकाले यसवर्ष पनि यसलाई निरन्तरता दिइएको अध्यक्ष तामाङको भनाइ छ। क्लबले खाद्यान्न प्रदान गरेसँगै कैदीबन्दीहरुले खुसी व्यक्त गरेका छन्। हाल कारागारमा १०४ जना कैदीबन्दी रहेका छन्। जसमा १० जना महिला र ९४ जना पुरुष छन्।  -न्युज कारखाना

प्रकाशित: Oct 14, 2021| 07:19 बिहीबार, असोज २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।