काठमाडौं- कांग्रेस उपसभापति विमलेन्द्र निधिले पदभार ग्रहण गरेका छन् । पार्टी केन्द्रीय कार्यालय बिपिनगर सानेपा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
पार्टी सभापति शेरबहादुर देउवाले निधिलाई २१ बैशाखमा उपसभापतिमा नियुक्त गरेका थिए । मुल पार्टीबाट विभाजित भएर देउवाले कांग्रेस प्रजातान्त्रिक पार्टी गठन गर्दा निधि महामन्त्री बनेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४