मंगलबार, फागुन २६, २०८२

चीनद्वारा भारतीय उपराष्ट्रपतिको अरुणाचल भ्रमणको विरोध

भारतीय उपराष्ट्रपति एम वैंकया नायडुको अरुणाचल भ्रमणको चर्को विरोध गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बुधबार उक्त भ्रमणको विरोध गरेका हुन्।
 |  बुधबार, असोज २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २७, २०७८

नयाँ दिल्ली - भारतीय उपराष्ट्रपति एम वैंकया नायडुको अरुणाचल भ्रमणको चर्को विरोध गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बुधबार उक्त भ्रमणको विरोध गरेका हुन्। 

National life

उनले भने, 'चीन अवैधरुपमा गठन गरिएको अरुणाचल प्रदेशलाई मान्यता दिन सक्दैन। भारतका उपराष्ट्रपति वैंकया नायडूको त्यस क्षेत्रकव भ्रमणको कडा विरोध गर्दछौं।' 

चिनियाँ प्रवक्ताको उक्त बयानप्रति भारतीय विदेश मन्त्रालयले जवाफ दिएको छ। भारतले भनेको छ, 'हामीले चिनियाँ प्रवक्ताको आधिकारिक टिप्पणीलाई हामीले देखेका छौं। त्यस्तो टिप्पणीलाई अस्वीकार गर्दछौं।' 

भारतले अरुणाचल प्रदेश भारतको अभिन्‍न र अविभाज्य भूमि भएको बताएको छ। भारतले भनेको छ, 'जसरी उपराष्ट्रपतिले मुलुकका अन्य राज्यहरुको भ्रमण गर्दछन्, त्यसैगरी अरुणाचल प्रदेशको भ्रमण हुनेछ। भारतका नेताहरुलाई भारतको एक राज्यमा गरिने भ्रमणप्रति आपत्ति जनाउनुपर्ने कारण भारतीय नागरिकको बुझाइमा भन्दा पर छ।' 

भारतले अरुणाचल प्रदेशमा चिनियाँ दाबीलाई सधैं खारेज गर्दै आएको छ। 

Laxmi sunrise bank
kumari

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले दुई मुलुकबीचको मौजुदा सीमा विवादलाई थप पेचिलो बनाउनबाट जोगिनुपर्नेसमेत बताएका छन्। 

भारतले चिनियाँ चिन्ताको सम्मान गर्नुपर्ने उनले बताएका छन्। यसअघि भारत र चीनबीच लद्दाखमा देखिएको सीमा विवाद समाधान गर्नका लागि १३ पटक वार्ता गरेका छन्। तर, वार्ताबाट कुनै ठोस निष्कर्ष भने निस्किएको छैन। 

प्रकाशित: Oct 13, 2021| 21:05 बुधबार, असोज २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।