बिहीबार, भदौ ४, २०८३

राष्ट्रपतिले गरिन् शक्तिपीठहरुको दर्शन

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न शक्तिपीठहरुको पूजा अर्चना गरेकी छन्।
 |  बुधबार, असोज २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २७, २०७८

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न शक्तिपीठहरुको पूजा अर्चना गरेकी छन्।

बुधवार अपरान्ह ४ बजेदेखि राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठहरुमा पूजा आराधना गरेकी हुन्। 

उनले काठमाडौं उपत्यकाका नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महांकाल, शंकटा, नरदेवी, इन्द्रयाणी र शोभाभगवतीको दर्शन गरेकी थिइन्। उनले बडादशैँको आठौं (महाष्टमी) दिन बिहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवतीमा समेत पूजा अर्चना गरेकी छन्। महाष्टमीका दिन विशेष पूजाअर्चना गरिन्छ भने मध्यराती बलि दिने र कालरात्रीको पूजा गर्ने चलन छ।




प्रकाशित: Oct 13, 2021| 18:35 बुधबार, असोज २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।