काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३६५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। ५ हजार ५९४ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा ६०९ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ। आजको दिनमा देशभर १४ हजार २६७ जना सक्रिय संक्रमित छन्।
त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार २७५ जनाले कोभिडविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।