काठमाडौं- दसैँ काठमाडौंमै हुन्छ। ममी (सासूआमा) विरामी हुनुहुन्छ। जिल्ला (कञ्चनपुर) जाँदिन। यहीँ खुमलटार घरमै हुन्छ। टीका लाउने स्पेसल केही छैन।
यसपालि बुवा आमासँगै घरमै हुन्छु। घुम्ने र अध्ययनको केही प्लान छैन। बरु दसैँपछि फिल्डमा जाने भन्ने छ। दसैं त प्रोपर्ली घरमै हुन्छ।
म भेजिटेरियन भएकाले मासु चल्दैन। त्यस्तो विशेष छैन। टीका पनि लाउँदिन। यसपालि बच्चाहरूसँगै घरमै रहन्छु। घरपरिवार भेट हुने रमाइलो हुने पारिवारिक जमघट, सुखसुविधा, सुखी हुन्छन्। सबै परिवारका सदस्य घरमा केन्द्रित हुने राम्रो अवसर हो।