सोमबार, असार २९, २०८३

नेकपामा नयाँं अभ्यास : गाँउपालिकामा संसदीयदल 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- नेपाल कम्युनिस्ट पार्टीले ईतिहासमा नौलो अभ्यास गर्ने भएको छ। सो पार्टीले  महानगर, नगर र गाँंउपालिकामा संसदीय दल बनाउने प्रस्ताव अगाडि बढाएको छ। 

केन्द्र र प्रदेशमा  सो पार्टीले संसदीय दल गठन गरीसकेको छ।  सो  पार्टीले  नयाँ संविधानअनुसार प्रदेश र स्थानीय तहमा पनि सरकार गठन भएको भन्दै सबै तहमा संसदीय दल सञ्चालन गर्न लागेको हो । 

स्थानीय तहमा संसदीय दल सञ्चालनका लागि नेकपाले पार्टी विधानको धारा ५५ मा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा स्थानीय तह संसदीय दल गठन गर्ने व्यवस्था गरेको छ ।

पार्टीका तर्फबाट निर्वा्चित, मनोनीत, सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू रहने गरी स्थानीय तह संसदीय दल गठन हुनेछ ।

सम्बन्धित पार्टी कमिटीको सिफारिसमा जिल्ला कमिटीले स्थानीय तहको प्रमुख वा उपप्रमुख वा उपाध्यक्ष र सो पनि नभए वरिष्ठ सदस्यलाई दलको नेता तोक्ने विधानले प्रस्ताव गरेको छ । त्यस्तै, दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक तोक्ने विधानको प्रस्ताव छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।