बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसारभर आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाइयो

संसारभर आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाइयो

आज संसारभर विभिन्न कार्यक्रमको आयोजना गर्दै विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाइएको हो। सन् १९८९ को राष्ट्रसंघ साधारणसभाले प्राकृतिक विपत्तिविरुद्ध पूर्वतयारी र जनचेतना अभिवृद्धिका लागि यस दिवसको सुरुवात गरेको थियो।
 |  बुधबार, असोज २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २७, २०७८

काठमाडौं- आज १३ अक्टोबर अर्थात् विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाइएको छ। आज संसारभर विभिन्न कार्यक्रमको आयोजना गर्दै विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाइएको हो। सन् १९८९ को राष्ट्रसंघ साधारणसभाले प्राकृतिक विपत्तिविरुद्ध पूर्वतयारी र जनचेतना अभिवृद्धिका लागि यस दिवसको सुरुवात गरेको थियो।

विश्वभर वर्षेनी प्रकृतिक प्रकोपकै कारण लाखौंले ज्यान गुमाउने गरेका छन् भने अबौं डलर बराबरको भौतीक क्षती हुने गरेको छ। प्रकृतिक विपत्तिलाई हामीले रोकन नसकेपनि यसबाट हुने क्षतिलाई भने कमगर्न सकिन्छ। 

कतीपय प्रकृतिक विपत्ति मानिसकै लापरबाहिले पनि निम्तिने भएकाले त्यसतर्फ पनि हामी सजग हुन जरुरी छ। समुद्र तथा नदी छेउछाउ कुनै पनि संरचना बनाउँदा सम्भावीत विपत्तिलाई ध्यानमा राखेर बनाउँदा प्रकृतिक विपत्तिबाट हामी बच्नसक्छौँ। सहरीकण गर्दा लामो समयसम्मको लागि स्थायीत्व हुने गरी संरचना बनाउँदा पनि धेरैहदसम्म प्रकृतिक प्रकोपको क्षतिलाई कम गर्न सकिन्छ।

२०७२ सालको भूकम्पमा पनि यीने कुरालाई ध्यान नदिँदा हामीले धेरै क्षति बेहोर्नु परेको थियो। त्यस्तै सन् २०११ मा जापानमा गएको भूकम्प तथा सुनामीका कारण समुद्रछेउका बस्तिमा धेरै क्षति भएको थियो। 

प्राकृृतिक प्रकोप एउटा निरन्तरको प्रकृया भएकोले यसलाई हामी केही गर्न सक्दैनौँ तर, हुनसक्ने प्रकोपबाट भने कसरी बच्न सकिन्छ भनेर अगाडीनै सतर्कता अपनाउन सकिन्छ।

पछिल्लो समय संसारभर बढीरहेको अव्यवस्थीत सहरीकरणले मानव अस्तिवलाई संकटमा पारेको छ। यदी बेलैमा सबै जना यसप्रति सजग नहुने हो भने मानव सभ्यताले ठूलै क्षति बेहोर्नुपर्ने निश्चित छ। 

 

प्रकाशित: Oct 13, 2021| 18:00 बुधबार, असोज २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।