बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानसेनापतिको दसैं : जेठो दाजुबाट टीका, शक्ति पीठहरुको दर्शन‍

प्रधानसेनापतिको दसैं : जेठो दाजुबाट टीका, शक्ति पीठहरुको दर्शन‍

दसैं पनि ड्युटी नै हो। सप्तमीमा टुँडिखेलमा फूलपाती बढाइँमा इन्गेज भइहालियो। अष्टमीमा साधारण पूजाहरु हुन्छ। नवमीमा कोत पूजामा सबैभन्दा खटिनुपर्छ। साइतमा हुने मुल पूजा सरिक हुन्छु। शक्ति पीठहरुको दर्शन हुन्छ।
 |  बुधबार, असोज २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २७, २०७८

काठमाडौं- दसैं पनि ड्युटी नै हो। सप्तमीमा टुँडिखेलमा फूलपाती बढाइँमा इन्गेज भइहालियो। अष्टमीमा साधारण पूजाहरु हुन्छ। नवमीमा कोत पूजामा सबैभन्दा खटिनुपर्छ। साइतमा हुने मुल पूजा सरिक हुन्छु। शक्ति पीठहरुको दर्शन हुन्छ।

दसैँमा आफ्नो पारिवारिक टीका हुन्छ। बुवाआमा हुनुहुन्न। जेठो दाजुबाट टीका थाप्छु। अन्य मान्यजनसँग पनि लगाउँछु। एकादशीको दिन संगठनका मातहत युनिटका इच्छुक फौजी र शुभेच्छुकलाई आफ्नो निवासमा टीका दिन्छु।

म काठमाडौंकै स्थायी बासिन्दा भएकाले मेरो दसैँ यतै हुन्छ। अध्ययन र घुमघामको अवस्था छैन।

हामी फौजीलाई अरुजस्तो फुर्सद भएर दसैँ मनाउने भन्ने हुँदैन। ब्यारेकभित्रै मनाउँछौं। राखिएको जमरा ब्यारेक प्रमुखले टीका दिन्छन्। पल्टनमा सबै सैनिक कर्मचारीलाई बडाखाना हुन्छ।

विदा जानेहरु सैनिक कर्मचारीहरुलाई वेलफेयर फ्लाइट र वेयलफेयर सवारी साधनबाट पठाएका छौं। जमिन साधनबाट करिब १३ सय र जहाजबाट साढे दुई सयभन्दा बढी कर्मचारीलाई दुर्गम दुर्गम ठाउँमा जानेलाई आन्तरिक व्यवस्थापनमा निशुल्क पठाइसकेका छौं। न्यूनतम जनशक्ति ब्यारेकको सुरक्षामा रहन्छन्। बाँकी विदामा जान्छन्।

नेपाली सेनाले धर्म, संस्कृति र परम्परालाई जुनसुकै स्थानमा पनि जगेर्ना र प्रवर्द्धन गर्न योगदान गर्दै आएको छ। यसका लागि हाम्रो लोकल युनिटले पनि सहयोग पुर्‍याउँछन्। राष्ट्रियस्तरमा भएका समारोहमा पनि योगदान पुर्‍याउँछौं।

प्रकाशित: Oct 13, 2021| 17:00 बुधबार, असोज २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।