काठमाडौं- यसपालि मेरो टीका छैन। गाउँमा मेरो ठूलो बुवाको छोरा-भाइ वितेको ४५ दिन पुगेको छैन। त्यसले गर्दा यसपालि टिका हुँदैन। तै पनि घरपरिवारसँग बसेर काठमाडौंमै छुट्टिको समय विताइरहेको छु। आफन्तहरुसँग भेटघाट, घरमै बसेर अध्ययन र परिवारसँगको घुमफिरमै विताइरहेको छु।
उपत्यकाका नयाँ नयाँ ठाउँमा केटाकेटीसँग घुमघाम भइरहेको छ। जुठो परेकाले मन्दिर जान मिलेको छैन। चाडपर्वलाई संस्कार मान्नुपर्छ। हामीले संस्कृति जोगाएनौ भने हाम्रो पुस्तान्तरण हुँदैन। नयाँ पुस्ताले बिर्सिँदै जान्छ।
त्यसकारण हाम्रा ऐतिहासिक, धार्मिक, सांस्कृतिक पर्वलाई रमाइलोसँग मनाउनुपर्छ। आफ्नो आवश्यकता र हैसियतअनुसार मितव्ययी बन्नुपर्छ। धार्मिक महत्व कायम राख्दै अनुशासित मर्यादित भएर मनाउनुपर्छ।