काठमाडौं- दसैं मनाउन पाल्पा आइपुगेको छु। शुभकामना आदानप्रदान, पारिवारिक भेटघाट, टिका लाउने यसरी नै बित्छ। बुवाआमा हुनुहुन्न। दाजुभाउजूको हातबाट टीका लगाउँछु । शुभचिन्तकलाई टीका लगाउने गरेको छैन।
परिवारको बीचमा परिवारका सदस्यबाट टीका थाप्ने र लगाइदिने हुन्छ। मेरो घुमघामको योजना छैन। पार्टीका तर्फबाट आयोजना हुने शुभकामना कार्यक्रममा सहभागी हुन्छु।
छिमेक साथीभाइ भेटघाट हुन्छ। दसैंतिहार जस्ता चाडपर्वले सामाजिक सद्भाव बलियो बनाउने र राष्ट्रिय एकतालाई सुदृढ गर्ने, आफन्त, परिवारजन र साथीभाइसँग पुनर्मिलन हुनेर सुखदु:ख बाँड्ने अवसर पनि हो।