शनिबार, चैत ७, २०८२

समागमका बेला पार्टनरलाई थाहा नदिई कण्डम निकाल्नु अपराध हो?

अमेरिकाको क्यालिफोर्नियाको संसद्‌ले स्टेल्थिङ् अर्थात 'यौन सम्पर्क समयमा सेक्स पार्टनरको अनुमति बिना कण्डम हटाउने' कानुन बनाइएको छ।
 |  बुधबार, असोज २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २७, २०७८

वाशिङ्टन- अमेरिकाको क्यालिफोर्नियाको संसद्‌ले स्टेल्थिङ् अर्थात 'यौन सम्पर्क समयमा सेक्स पार्टनरको अनुमति बिना कण्डम हटाउन' प्रतिबन्ध लगाइएको छ। 

National life

डेमोक्रेट सदस्य क्रिस्टिना गार्सियाले पछिल्लो चार वर्षमा यो कानुन बनाउनका लागि प्रयास गरेकी थिइन्। क्यालिफोर्निया एसेम्बबलीमा यो कानुन पेश गरेकी गार्सियाले भनिन्, 'अब क्यालिफोर्नियामा स्टेल्थिङलाई अपराध मानिएको छ।' 

उनले थपिन्, 'यो अमेरिकाको पहिलो कानुन हो, म अन्य राज्यहरुलाई पनि यस्तो कानुन बनाउनका लागि अनुरोध गर्दछु। स्टेल्थिङ अनैतिक मात्र नभएर अवैध छ।' 

स्टेल्थिङको कानुन बनाउनका लागि क्रिस्टिना गार्सिया २०१७ बाट सुरु गरेकी थिइन्। सन् २०१७ मा यससम्बन्धी एक कानुन बनाउने विषयमा एलेक्जेन्ड्रा ब्रोडस्कीले कोलम्बिया जर्नल अफ जेण्डर एण्ड ल मा प्रकाशित गरेकी थिइन्। 

के हो स्टेल्थिङ ?

Laxmi sunrise bank
kumari

स्टेल्थिङ भन्‍नाले यौन सम्पर्कको समयमा आफ्नो पार्टनरलाई जानकारी नदिएर कण्डम हटाउनु हो। यसो गर्दा सेक्स पार्टनरलाई यौनजन्य रोग लाग्‍ने अथवा गर्भ रहने खतरा हुन्छ। यसले पीडितको गरिमाको पनि उल्लंघन हुने उक्त कानुनमा उल्लेख छ। 

नेशनल लाइब्रेरी अफ मेडिसिनले सन् २०१९ मा प्रकाशित एक प्रतिवेदनमा २१ देखि ३० वर्षका १२ प्रतिशत महिलाहरुले स्टेल्थिङको अनुभव गरेको बताइएको थियो। अस्ट्रेलियाको मोनास विश्‍वविद्यालयका शोधकर्ताले यौन सम्पर्कका क्रममा ३३ प्रतिशत महिलाहरु र  २० प्रतिशत पुरुषहरु स्टेल्थिङको सिकार भएको पाइएको बताएका थिए। 

सन् २०१९ मा गरिएको एक अर्को अध्ययनले करिब १० प्रतिशत पुरुषहरुले सेक्सका समयमा स्टेल्थिङ गरेको पाइएको थियो। स्टेल्थिङसम्बन्धी कानुनमा अब पीडितले उजुरी दिनसक्ने र यस्तो उजुरीलाई बलात्कारको मुद्दा अघि बढाइने उल्लेख छ। 

यसअघि जर्मनीमा यौनसम्पर्कका क्रममा कण्डम हटाउने एक पुरुषलाई दोषी ठहर गरिएको थियो। उनी एक प्रहरी अधिकारी थिए। उनलाई आठ महिना निलम्बन गरिएको थियो। यसका साथै उनलाई ९६ युरो जरिबानासमेत लगाइएको थियो। 

प्रकाशित: Oct 13, 2021| 23:10 बुधबार, असोज २७, २०७८
प्रतिक्रिया दिनुहोस्