बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुगु बस दुर्घटनाको छानबिन गर्न डीएसपीको नेतृत्वमा समिति गठन

मुगु बस दुर्घटनाको छानबिन गर्न डीएसपीको नेतृत्वमा समिति गठन

मुगुमा मंगलबार भएको बस दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ।
 |  बुधबार, असोज २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २७, २०७८

सुर्खेत- मुगुमा मंगलबार भएको बस दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक (डिएसपी) वीरेन्द्रविर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यी छानविन समिति गठन गरिएको हो।

समितिको सदस्यमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछाने र ट्राफिक प्रहरी कार्यालय मुगुका हवल्दार सदस्य छन्। समितिले घटनास्थलमै पुगेर बस दुर्घटनाको कारणसहितको प्रतिवेदन तयार गर्ने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख (डिआईजी) गणेशबहादुर ऐरले जनाए।

निर्देशनमा छानविन समिति गठन गरिएको हो। प्रारम्भीक अनुसन्धानका क्रममा बसको अगाडीको टायर प्यान्चर भएर बस दुर्घटना भएको अनुमान छ। छानविन समितिले दुर्घटनाको एकिन प्रतिवेदन तयार गर्ने छ।

मंगलबार नेपालगञ्जबाट मुगु सदरमुकाम गमगडी जाँदै गरेको भे.१ ख.३१६७ नंम्बरको बस दुर्घटना भएको थियो। दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ भने १३ जना घाइतेहरू उपचाररत छन्। बस सडकबाट २५० मिटर तल खसेको थियो।

प्रकाशित: Oct 13, 2021| 14:45 बुधबार, असोज २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।