बिहीबार, भदौ ४, २०८३

तेह्रथुमका लेकमा देखिन छाडे भेडीगोठ

कुनै समय तेह्रथुमका लेकाली भेगमा जताततै भेडीगोठ देखिन्थे। कतिपय किसानको प्रमुख पेशा व्यवसाय नै भेडापालन हुने गर्थ्यो। एउटै गोठमा सयौं भेडा हुन्थे।
 |  बुधबार, असोज २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २७, २०७८

तेह्रथुम- कुनै समय तेह्रथुमका लेकाली भेगमा जताततै भेडीगोठ देखिन्थे। कतिपय किसानको प्रमुख पेशा व्यवसाय नै भेडापालन हुने गर्थ्यो। एउटै गोठमा सयौं भेडा हुन्थे। तर, केही वर्षयता यहाँका लेकहरूमा मुस्किलले भेडीगोठ देखिन्छन्। भएका गोठमा पनि केही संख्या मात्रै भेडाहरू हुने गरेका छन्।

भेडापालनबाट राम्रो आम्दानी हुँदैहुँदै पनि अहिले यो पेशा संकटमा परेको छ। बढ्दो सहरीकरण र सामुदायिक वन मासिँदै गएकाले पेशा नै संकटमा परेको आङदिमका हिक्मत लिम्बुले बताए। ‘भेडाको ऊनबाट राडीपाखी बनाईथ्यो तर पछिल्लो समय राडीपाखी बनाउन पनि छाड्दै गए,’ लिम्बुले भने।

उनले पनि अहिले जम्मा १५ माउ भेडा पालेका छन्। भेडापालनबाट आम्दानी पनि राम्रै हुने उनले बताए। उनले भने, ‘भेडाको मुल्य पनि राम्रै छ तर चरन पनि छैन।’ भेडाबाट निकालेको ऊन पनि बिक्री हुन छाडेको उनले बताए। 

आङदिमकै रोमा ठकुरी पनि भेडापालनबाट राम्रै फाइदा हुने भए पनि पाल्न छोडेको बताइन। उनले भनिन्, ‘पाल्ने मन भए पनि चरनको समस्याले छाडेँ।’ अहिले गाउँमा भेडा पाल्ने मानिस नै भेटिन छाडेको उनले बताइन। भेडाको ऊनबाट बन्ने राडीपाखी पनि प्रयोग हुन छाडे।

राम्रा र चिल्ला चलनी कपडाका कारण राडीपाखी विस्थापित बनेको उनको भनाइ छ। तेह्रथुमको वसन्तपुर, फुलेक, आङदिम, सुदाप लागयतका लेकाली क्षेत्रमा भेडापालनका लागि चर्चित थिए।   -न्युज कारखाना

प्रकाशित: Oct 13, 2021| 14:06 बुधबार, असोज २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।