बिहीबार, भदौ ४, २०८३

कैदीबन्दीलाई दसैं मनाउन खसी उपहार

लमजुङ कारागारका कैदीबन्दीलाई खसी उपहार दिइएको छ।
 |  बुधबार, असोज २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २७, २०७८

लमजुङ- लमजुङ कारागारका कैदीबन्दीलाई खसी उपहार दिइएको छ। नेपाल बार एसोसियन लमजुङ बार इकाइले दसैँ हर्षोल्लासका साथ मनाउन् भन्ने उद्देश्यले खसी प्रदान गरेको हो।

नेपाल बार एसोसियन लमजुङ बार इकाइका अध्यक्ष कृष्णप्रसाद अधिकारी लगायत बारका पदाधिकारीले कारागारका नाइके नविन गुरुङलाई खसी हस्तान्तण गरेका हुन्।

नेपाल बार एसोसियन लमजुङ बार इकाइका अध्यक्ष कृष्णप्रसाद अधिकारीले कैदीबन्दीलाई दसैंको शुभकामना दिँदै चाडपर्व सबैका लागि समान भएको बताए।

कैदीबन्दीले दसैँ पर्व हर्षोल्लासका साथ मनाउन भन्ने मानवीय सोचका साथ बारले १८ हजारको खसी कैदीबन्दीलाई प्रदान गरेको कारागारका जेलर जगदिश मिश्रले जानकारी दिए। हाल कारागारमा २ जना नाबालक बाहेक १ सय ४ जना कैदीबन्दी रहेका छन्।

प्रकाशित: Oct 13, 2021| 13:55 बुधबार, असोज २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।