बिहीबार, भदौ ४, २०८३

कैलालीमा जीप र बस ठोक्किँदा पाँच जना घाइते

कैलालीमा जीप र बस एकआपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन्।
 |  बुधबार, असोज २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २७, २०७८

धनगढी- कैलालीमा जीप र बस एकआपसमा ठोक्किँदा पाँच  जना घाइते भएका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर  ४ सेल्फी डाँडामा जीप र बस एक आपसमा ठोक्किँदा पाँच जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले दुर्घटनामा बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ९ ग्वाल्लेक का ३० वर्षका नरेश जोशी, वडा नम्बर ३ बस्ने वर्ष २० का बिरेन्द्र नाथ, पाटन नगरपालिका-९ खोड्पे बस्ने वर्ष १८ का महेशसिंह भाट, कैलालीको गोदावरी नगरपालिका ५ गेटा बस्ने वर्ष ६० का रामदत्त भट्टराई र कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष १८ का दीपक जोशी घाइते भएको बताए। 

घाइतेको अत्तरीयास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ। अत्तरीयाबाट बैतडीतर्फ जाँदै गरेको से.१ ज. ९२० नम्बरको बोलेरो जीप र बिपरीत दिशाबाट आउँदै गरेको ना.४ ख. ८४२८ नम्बरको बस एकआपसमा ठोक्किँएको उनले बताए।

प्रकाशित: Oct 13, 2021| 12:34 बुधबार, असोज २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।