सोमबार, असार २९, २०८३

नेपालबाट ७ सय शान्ति सेना थप्ने राष्ट्रसंघको तयारी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- संयुक्त राष्ट्रसंघले नेपालबाट थप ७ सय शान्ति सेना थप्ने तयारी गरेको छ । नेपाली सुरक्षाकर्मीका काम गर्ने शैलीलाई रुचाएको राष्ट्रसंघले थप ७ सय नेपाली फौज शान्ति सेनामा थप गर्ने तयारी गरेको हो । 

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका उप महासचिव पिएरे ल्याक्रोइक्सले नेपालबाट शान्ति सेना थप गर्ने तयारी भएको जानकारी गराएका हुन् ।

उनले द हिमालय टाइम्ससंगको अन्तरवार्तामा शान्ति सेना थपबारे चाडै निर्णय हुने बताए । उनले शान्ति सेनामा महिलाको सहभागिता बढाउने विषयमा पनि संयुक्त राष्ट्रसंघले काम थालेको जानकारी दिए । 

हाल नेपालबाट ५ हजार ५ सय ११ जना सुरक्षाकर्मी शान्ति सेनामा कार्यरत छन् । जसमो ४ हजार ६ सय ६९ नेपाली सेना छन् भने ६ सय ८८ जना नेपाल प्रहरी छन् । यस्तै १०० जना स्टाफ अफिसर छन् भने ५४ जना सैन्य विज्ञ रहेका छन् । 

नयाँ थनिने करिब ७ सय जनालाई सेन्ट्रल अफ्रिकन रिपब्लिकमा खटाइने उपमहासचिव  ल्याक्रोइक्सले जनाएका छन् । नेपालबाट गएका शान्ति सेनाहरु हाल १४ देशमा खटिएका छन् । नेपाल संयुक्त राष्ट्रसंघका लागि शान्ति सेना उपलब्ध गराउने छैँटौ ठूलाे देश हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।